अविछिन्न राजनीतिक संघर्षमा युवा ‘प्रभाकर’

अविछिन्न राजनीतिक संघर्षमा युवा ‘प्रभाकर’

वीरगन्ज । वि.स.२०६१ सालमा अनेरास्ववियु (क्रान्तिकारी) पन्नालाल स्कूल कमिटि अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको वीरगन्ज–१० घडिअर्वा युवा प्रभाकर गुप्ता अहिले अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव हुनु भएको छ ।

जनयुद्धबाट स्थापित नेकपा माओवादीको विद्यार्थी राजनीतिबाट यात्रा शुरु गर्नुभएका गुप्ता २०६३ सालमा अनेरास्ववियु क्रान्तिकारीको नगर कमिटिको सदस्य हुँदै २०६४ सालमा अनेरास्ववियुको जिल्ला सचिवालय सदस्यको रूपमा पनि काम गर्ने अवसर पाउनुभयो ।

लगत्तै २०६५ सालमा ठाकुरराम क्याम्पसको स्ववियू सदस्यमा चुनावी प्रतिस्पर्धा पनि गर्नुभयो । २०६६ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको इकाई कमिटि अध्यक्ष हुँदै २०६७  सालमा भोजपुरा राज्यकमिटि सदस्य पनि हुनुभएको थियो । २०६८ सालमा अनेरास्ववियू क्रान्तिकारीको तेश्रो जिल्ला सम्मेलनबाट जिल्लाको सचिव हुदै बि.सं. २०६९ सालमा अनेरास्ववियु क्रान्तिकारी १८ औं राष्ट्रिय सम्मेलनको दोश्रो बैठक बाट केन्द्रिय समिति सदस्यमा मनोनित हुनुभयो ।

विद्यार्थी राजनीतिमा निरन्तर लाग्नुभएका प्रभाकर २०६९ मा मुख्य जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएको छ । उहाँ अहिले नेकपा माओवादी केन्द्र पर्साको जिल्ला कमिटि सदस्य समेत भईसक्नुभएको छ । यसले पार्टीमा युवा हरुको योग्यतालाई सम्मान गरेको प्रभाकरको बुझाई छ ।

बि.सं.२०६९ सालको स्ववियू निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट ठाकुरराम बहुमुखी क्याम्पसको सभापतिमा दाबेदार रहनुभएको थियो । उहाँको जित निश्चित भएपनि तत्कालिन अवस्थामा झलनाथ खनाल प्रधानमन्त्री भएको बेला   चुनाव स्थगित भयो । २०७३ सालमा संगठनको सचिवालय सदस्य हुँदै फेरी २०७३ सालको स्ववियू निर्वाचनमा सभापतिको फेरी दावेदार रहनुभयो ।

त्यो बेला पनि मधेस आन्दोलनले गर्दा स्ववियु निर्वाचत स्थगित हुन पुग्यो । त्यतिखेर नै नेपालको विद्यार्थी राजनीतिमा उमेर हदको बहस शुरु भयो । अन्ततः २८ वर्षे उमेर हदका कारण गुप्ताको क्याम्पसको राजनीति अन्त्य भयो तर यात्रा त्यहि टुंगिएन । आफ्नो राजनीतिक संघर्षलाइ फेरी पनि निरन्तरता दिदै अनेरास्ववियु (क्रान्तिकारी) को इतिहासमै बि. सं. २०७४ सालमा पहिलो पटक निर्वाचन भयो ।

गुप्ता केन्द्रीय सचिवमा उम्मेदवार बन्नुभयो । निर्वाचन आयोगको प्राबिधिक कमीकमजोरीले गर्दा चुनाव झिनो मतले हार्नुभयो । तथापी राजनीतिमा  अबिचलित भाई आफ्नो सक्रियता जारी राख्नुभयो । पार्टी कमिटिमा काम गर्दै आउँदा अनेरवाबियु क्रान्तिकारी निर्वाचन समितिको आग्रहमा केन्द्रीय कमिटि सदस्य तथा प्रदेश २ को सह–संयोजकमा संगठनले मनोनित ग-यो ।

बि.सं. २०७५ सालमा देशका २ ओटा ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर नेकपा बनेपछि पनि नेकपा पर्सा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियको केन्द्रिय सदस्यको जिम्मेवारी पाउनुभयो । यससंगै पार्टीको बिभिन्न कमिटिमा रहदै बिभिन्न आन्दोलनमा सक्रिय रूपले काम गर्नेक्रममा पटक पटक प्रहरी हिरासतमा पनि बस्नुभएको छ ।

पर्सा जिल्ला बिरगंज–१० घडिअर्वाका युवा विद्यार्थी नेता प्रभाकर गुप्ताको राजनीति अविछिन्न रुपमा माओबादी पार्टीको सिद्धान्तमा रही विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी ) मा काम गर्दै आइरहनु भएको छ । नेकपा माओवादी केन्द्र प्रदेशसभा निर्वाचन क्षेत्र २ को (ख) का इन्चार्ज समेत रहनुभएका गुप्ता आउने प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आकंक्षी हुनुहुन्छ ।