अखिल क्रान्तिकारी पर्साको विस्तारित बैठक सम्पन्न, विभिन्न जिम्मेवारी हेरफेर
वीरगन्ज, १३ बैशाख । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी पर्सा ज़िल्लाको बिस्तारित बैठक सोमबार सम्पन्न भएको छ । वीरगन्जको दरबार होटलमा संगठनका केन्द्रीय सदस्य तथा पर्सा ज़िल्ला इंचार्ज जुबेर आलमको अध्यक्षता तथा संगठनको केन्द्रीय सचिव प्रदेश २ को संयोजक सूर्यनारायण साहको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले विभिन्न जिम्मेवारी समेत हेरफेर गरेको छ । कबिराज पटेल पर्सा जिल्लाको संंयोजक, संदीप बिक्रम साह एहसान अंसारी सह–संयोजक रहने गरी ५१ सदस्यीय ज़िल्ला कमिटी गठन गरेको छ । त्यस्तै बिरगंज महानग़र कमिटीको संयोजक बीबेक साह र सह–संयोजक रामबाबू, मण्डल, मिरोज अहमद र सोयब अलीलाई दिईएको छ ।
ठाकुराम बहुमुखी क्यामपसको संयोजकमा अभिषेक ठाकुर र सह–संयोजकमा समसेद अंसारीलाई चयन गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले जानकारी दिनुभयो । बैठकमा नेकपा माओबादी केन्द्र पर्साकाअध्यक्ष बिजय महतो प्रदेश कमिटी सदस्य रामदरस कुसुवहा, संगठनका केन्द्रीय सदस्य तथा प्रदेश २ सह–संयोजक प्रभाकर गुप्ता, पूजन सिंह केन्द्रीय सदस्य शिवम् साह, इश्क कुमार लगायतको उपस्थिति रहेको थियो ।