सशस्त्र प्रहरीद्वारा पर्साबाट ५ केजी गाँजा सहित दुईजना पक्राउ
वीरगन्ज, २२ फागुन । सशस्त्र प्रहरीले पर्साको ठोरीबाट गएराति ५ केजी गाँजा सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य पश्चिम चम्पारण जिल्ला सोनाखर पञ्चायत वडा नम्बर १३ रामनगरका २९ बर्षीय संदीप पटेल र बर्ष २५ का प्रेम पटेल रहेका छन् ।
बिआर ० ६ यु ५८७३ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई ठोरी गाउँपालिका वडा नम्बर ४ शिकारीवास स्थित नेपाल भारत सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी वोर्डर आउट पोष्टको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट पाँच केजी गाँजा बरामद भएको हो ।
झोलामा लुकाई नेपालबाट भारतर्पm लादै गरेको अवस्थामा गाँजा बरामद गरेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो । मोटरसाईकल र गाँजा सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
यस्तै सशस्त्र प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ दश विगाह क्षेत्रमा सशस्त्र प्रहरी र सागरनाथ वन परियोजनाको संयुक्त वन गस्ती टोलीले सालको काठ बरामद गरेको छ ।
सोही स्थान बस्ने अशिष सिंहको घरपछाडि केराबारीमा चिरान गरी झयालको चौकस बनाई लुकाई राखेको १२ थान सालको काठ ६० क्युफिट र १० क्युफिटको सालको कोर्रा काठ गरी ७० क्यूफिट काठ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सागरनाथ वन परियोजनालाई बुझाईएको उहाँले बताउनुभयो ।