सिर्सियामा जसपाको घरदैलो, गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्न आग्रह

सिर्सियामा जसपाको घरदैलो, गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्न आग्रह

वीरगञ्ज २५ वैशाख । जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिकाका उम्मेदवार राजशमान सिंह सहितको टोलीले वडा नम्बर २५ सिर्सियाम घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जसपा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्वेदीको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वडा नम्बर २५ र समग्रमा वीरगञ्जको विकासको एजेण्डा बोकेर अगाडि बढेकोले भोट दिन स्थानीयसँग आग्रह गर्नुभयो । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरगन्जवासीले न्याय गर्नेमा विश्वस्त रहको बताउनुभयो । वडा अध्यक्ष उम्मेदवार आशुतोष चतुर्वेदीले सिर्सिया गाउँको विकास र समृद्धि जसपाको नेतृत्वमा मात्र सम्भव भएको बताउनुभयो ।

चतुर्वेदीले पनि गठबन्धनका साझा मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई छाता र उमपेयर पदका उम्मेदवार इम्तियाज आलमलाई रुख छापमा मतदान गर्न र वडामा आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारलाई छाता छापमा मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायत सयौं स्थानीयहरुको सहभागिता रहेको थियो ।