रक्सोल कष्टमबाट धूलोजन्य औद्योगिक कच्चा पदार्थ ढुवानी रोक्न पत्राचार
वीरगन्जका उद्योगी व्यावसायीहरु चिन्तित्
वीरगन्ज, १४ असार । अहिलेसम्म रेल्वे साईडिङ्गबाट रक्सौल ल्याण्ड कस्टम र वीरगंज भन्सार कार्यालयबाट जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै आयात भई आएको धुलोजन्य औद्योगिक कच्चा पदार्थको ढुवानी रुट परिवर्तनका लागि भारतीय पक्षको दबावपछि नेपाली आयातकर्ताहरुलाई तनाव उत्पन्न गरेको छ ।
बर्षौदेखि रक्सोल साईडिङ्गबाट रक्सोलको ल्याण्ड कस्टम र वीरगन्ज भन्सारबाट जाँचपास भई नेपालका विभिन्न स्थानमा पुग्ने गरेको धुलोजन्य औद्योगिक कच्चा पदार्थको जाँचपास र ढुवानी २०२२ जुलाई १ तारिक अर्थात असार १७ गतेदेखि एकीकृत भन्सार जाँचौकी मार्फत मात्रै गर्नुपर्ने भारतीय भन्सारको पत्राचार गरेपछि नेपालका औद्योगिक कच्चा पदार्थ आयातकर्ताहरु चिन्तित बनेका छन् ।
रक्सोलको रेल्वे साईडिङ्गदेखि लक्ष्मीपुर एकीकृत जाँचचौकी (ICP) सम्मको सडकको अवस्था दयनीय रहेकोले उक्त सडक भएर ढुवानी गर्न सहज नरहेकोले दैनिक ३०० देखि ४०० ट्रक तथा टिपरबाट धूलोजन्य पदार्थ ढुवानी गर्न उक्त सडक अत्यन्तै साँघुरो र गाउँ भएर जानुपर्ने रहेकोले सहज नरहेको वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अलिन अग्रवालले बताउनुभयो ।
महिनामा ४० देखि ४५ -याक धूलोजन्य पदार्थ आयात गर्ने गरेका नेपाली आयातकर्ताले भारतीय रेल्वेलाई हरेक महिना २५ देखि ३० करोडसम्म रेलवे भाडा बापत बुझाउने गरेको छ । यो रकम वर्षको ३०० करोडभन्दा माथि पुग्ने गरेको छ ।
नेपालको औद्योगिक विकासले गर्दा व्यापार थप बढेर निकट भविष्यमै ६० देखि ७० ¥याकसम्म आयात हुने संभावना रहेको छ । तर, भारतीय पक्षको पत्राचारले नेपाल भारतबीचको व्यापारिक सम्बन्ध बिग्रिन सक्ने देखिएको उद्योगी व्यावसायीहरुले बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार रक्सौल वीरगंज भएर एक रेक ढुवानी गर्न २ दिन लाग्ने गरेको छ । तर, भारतीय पक्षको पत्र अनुसार लक्ष्मीपुर एकीकृत जाँचचौकी (ICP) मा ढुवानी गर्ने हो भने अब ढुवानीमा ६ दिनसम्म लाग्न सक्ने देखिन्छ ।
भारतीय कस्टमका डेपुटी कमिश्नरले लेखेको पत्रमा रक्सोल साईडिङ्गबाट रक्सोलको मुख्य बजार हुँदै एकीकृत भन्सार जाँचचौकी (ICP) सम्म राति ९ बजेदेखि १२ बजेसम्म मात्रै ढुवानी गर्नुपर्ने उल्लेख गरेको छ ।
मालवस्तु ढुवानीमा तोकिएको भन्दा धेरै समय लागेमा रेल्वेले समेत आफ्नो स्टेशन यार्ड शुल्क र विलम्ब शुल्कमा ४ देखि ५ गुणासम्म बृद्धि गर्ने निश्चित भएको राजपाल बताउनुहुन्छ । यसले रेल्वे मार्पmत आयात गर्दा नेपालका उद्योगी व्यावसायीहरुले मात्रै नभई भारतीय रल्वेले समेत घाटा व्यहोर्नु पर्ने राजपालको भनाई छ ।
लक्ष्मीपुर एकीकृत जाँचचौकी (ICP) हुदै ढुवानी गर्नु ठिक भएपनि रुटबाट ढुवानी अनिवार्य गर्नु भन्दा पहिला उक्त रुटको भौतिक संरचनामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सुधार गर्नुपर्ने पक्षहरुको वीरगन्ज उद्योग वाणिज्य संघले लिखित रुपमै सुझाव पनि दिएका छन् ।
भारतीय कस्टमले लेखेको पत्र