अक्सिमिटर कालाबजारी गर्ने एकजना पक्राउ
वीरगन्ज, २५ बैशाख । पर्सा प्रहरीले अक्सिजन मापन गर्न प्रयोग गर्ने अक्सिमिटर कालाबजारी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा पप्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने बर्ष ३२ को रामहरि तिवारीलाई पक्राउ गरेको हो ।
उनले आफ्नै घरमा खोलेको औषधि पसलमा रु.१९०० पर्ने अक्सिमिटरलाई रु.३५००।– भन्दा बढी मूल्य लिई बिक्री गरी कालोबजारी गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले शुक्रबारा साँझ ५ः३० बजेको पसलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तिवारीको पसलमा प्रहरीले खानतलासी गर्दा अक्सिमिटर १२ थान बरामद भएको प्रहरीले जनाएको छ । अक्सिमिटर सहित पक्राउ परेका रामहरि तिवारीलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।