बाल सुधार गृहका आन्दोलनरत बन्दी र प्रशानसनबीचको छलफल सकारात्मक, छलफल जारी 

बाल सुधार गृहका आन्दोलनरत बन्दी र प्रशानसनबीचको छलफल सकारात्मक, छलफल जारी 

वीरगन्ज, २७ भदौ । वीरगन्जको वीर्ता स्थित बालगृहका कैदीबन्दी र स्थानीय प्रशासनबीच भएको छलफल सकारात्मक भएको छ । मंगलबार रातिदेखि शुरु भएको झडपका क्रममा ११ जना कैदीबन्दी र ३ जना प्रहरी पनि घाईते भएका थिए ।

आज दिउँसो सम्म जारी बालगृह तनावग्रस्त रहेको थियो । स्थानीय प्रशासन, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुको टोलीले उनीहरुको माग सम्बोधन गर्ने विषयमा सकारात्मक रहेको जनाएपछि आन्दोलनरत बाल कैदीबन्दीहरु वार्तामा बस्न सहमत भएका थिए ।

वार्तामा भएको छलफलमा बालगृहमा रहेका बाल कैदीबन्दीहरुको आवास, खानेपानी लगायतको व्यावस्था गर्नुपर्ने, स्वास्थ्य परीक्षण समय समयमा हुनुपर्ने, बालगृहका कैदीबन्दीहरुलाई यातना नदिने प्रतिबद्धता जनाउनुपर्ने लगायतका माग राखेका थिए ।

उनीहरुले बालगृहमा यसअघि रहेका गुड्डु यादव भन्ने व्यक्तिले बालगृहका कैदीहरुलाई चरम यातना दिएकोले उनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने पनि माग राखेका थिए । अन्तिम निर्णय भने आउन बाँकी छ ।

भक्तपुरबाट आएका बालकैदी बन्दीहरुले बालगृह प्रमुखसँग बारम्बार झगडा गर्ने गरेको भन्दै बालगृहमा रहेका अन्य बाल कैदीबन्दीहरुले विरोध जनाएपछि दुईपक्षबीच झडप भएको हो ।