राष्ट्रपतिको असंवैधानिक कदमले संसदको घोर अपमान भएको चार दलको निष्कर्ष 

राष्ट्रपतिको असंवैधानिक कदमले संसदको घोर अपमान भएको चार दलको निष्कर्ष 

काठमाडौं, ५ असोज । काठमाडौं, ५ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले ठहर गरेको छ । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्ने मंगलबार राति १२ बजेसम्मको समय सीमा थियो ।

तर, राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि बुधबार बिहानै सत्ता गठबन्धनका चार दलका शीर्ष नेताहरुको बैठक बसेर यस्तो ठहर गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो ।

‘राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनतले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको छैन ।