प्रेस सेण्टर नेपाल पर्साद्वारा शुभकामना आदानप्रदानको आयोजना 

प्रेस सेण्टर नेपाल पर्साद्वारा शुभकामना आदानप्रदानको आयोजना 

वीरगन्ज, १४ असोज । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेण्टर नेपालले दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्ज सिटी प्यालेस मुर्लीमा आयोजित कार्यक्रममा पत्रकारिता पेशालाई मर्यादित र व्यावसायिक बनाउनमा वक्ताहरुले जोड दिएका छन् ।  

कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गाेबिन्द देवकोटाले प्रविधिको विकाससँगै पत्रकारिता पेशामा आवद्ध हुनेहरुको संख्यामा वृद्धि हुदै गर्दा यसलाई मर्यादित र व्यावसायिक पत्रकारितामा विशेष जोड दिन पत्रकार महासंघलाई आग्रह गर्नुभयो ।

आम नागरिकलाई सूसुचित गराउने सञ्चार माध्यम र संस्थाहरुको आयश्रोत भनेको विज्ञापन नै भएकोले उद्योगी व्यपारीले स्थानीय सञ्चार माध्यमहरुलाई भन्दा केन्द्रीय मिडियालाई प्राथामिकता दिने गर्दा स्थानीय संचार जगत धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसको व्यवस्थापनमा पत्रकार महासंघले प्रमुख भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकार आफैले पनि आचार संहिताको पालना गर्न आवश्यक रहेको बताउनुभयो । प्रेस स्वतन्त्रताको नाममा अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिता पेशामा अराजकता हावी हुन नदिन पत्रकारहरुको उत्तिकै भूमिका रहने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले सञ्चार राजनीतिमा अझैपनि ध्रवीकरणको खाँचो रहेको औंल्याउनु भयो । पर्सा अध्यक्ष  अनुप तिवारीले पर्साको पत्रकारीता विगतका दिनहरु भन्दा सुधार हुदै गएको दावी गर्नुभयो ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ, प्रदेश सभा सदस्य पस्मिना कादरी, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष शुबोध गुप्ता, उपाध्यक्ष अनिल पाटवारी, माधव राजपाल,  

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेण्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगरले राख्नु भएको थियो ।