सर्लाहीको मलंगवामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज मिति २०८०।०५। २४ गते विहान ८स्०० बजे देखि मिति २०८०।०५। २७ गते राती १२ः०० बजे सम्मको लागि  निषेधाज्ञा जारी गर्नुभएको हो ।

सर्लाहीको मलंगवामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

वीरगन्ज,२४ भदौ । सर्लाहीको मलंगवामा हिजो साँझ पाँचबजेदेखि आज बिहान आठ बजेसम्मका लागि लगाईएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति सर्लाहीले सदरमुकाम मलंगवामा तीन दिनको लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज मिति २०८०।०५। २४ गते विहान ८:०० बजे देखि मिति २०८०।०५। २७ गते राती १२ः०० बजे सम्मको लागि  निषेधाज्ञा जारी गर्नुभएको हो ।

प्रजिअ यादवद्वारा जारी निषेधाज्ञा आदेशमा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै, साविक मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प) सिमा क्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने उल्लेख छ ।

दुई पक्षबीझ झडपको स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले  शनिवार ९हिजो० साँझ ५ बजेदेखि आईतवार ९आज० बिहान ८ बजेसम्मका लागि  जारी गरेको  कर्फ्यू आदेश भने हटाएको छ ।

जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले निषेधाज्ञा आदेश जारी गर्दै मूर्ति सेलाउने क्रममा (२०८० भाद्र २२ गते शुक्रवार) राती भएको अप्रिय एवम्‌ असमाजिक घटना प्रति दुःख व्यक्त गर्नुभएको छ ।

निषेधाज्ञा मार्फत उहाँले धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । निषेधाज्ञा आदेशमा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको सरक्षण, समाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरिएको छ ।

सार्वजनिक स्थानहरुमा हो(हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्नरनगराउन निषेधाज्ञा मार्फत आह्वान गर्दै सामाजिक सद्भाव कायम राख्न  भनिएको छ ।