वीरगन्ज खुल्यो अन्तराष्ट्रियस्तरको शैक्षिक परामर्शदाता कार्यालय 

वीरगन्ज खुल्यो अन्तराष्ट्रियस्तरको शैक्षिक परामर्शदाता कार्यालय 

वीरगन्ज, ४ फागुन । वीरगन्जमा अन्तराष्ट्रिय स्तरको शैक्षिक परामर्शदाता कार्यालय सञ्चालनमा आएको छ । शैक्षिक परामर्श संस्था स्टडी स्क्वायरको शाखा वीरगन्जमा आजदेखि सञ्चालनमा आएको हो । शाखाको मधेस विश्वविद्यालयका रजिष्टार विजय यादवले उदघाटन गर्नुभएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै रजिष्टार यादवले नेपालमा अन्तराष्ट्रिय बजारमा बिक्री हुनेखालको पाठ्यक्रमको विकास नहुँदा हजारौं युवा विद्यार्थीहरु विदेश जानुपर्ने बाध्यता रहेकोले यसलाई अन्त्य गर्न मधेस विश्व विद्यालयले नयाँ प्राविधिक पाठ्यक्रमको तयारी गरिरहेको बताउनुभयो ।

उहाँले उच्च शिक्षा हासिल गर्न विदेश जानुपरेपनि त्यहाँबाट उनीहरुले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काम गरेको पक्ष सकारात्मक रहेको बताउनुभयो । स्टडी स्क्वायरका प्रवन्ध निर्देशक सौरभ वैदको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, विरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन साउथजोन माविका सहायक प्रिन्सिपल अशोक संग्रौलाले गर्नुभएको थियो । स्टडी स्क्वायरको बारेमा प्रकाश पार्दै संस्थापक राजेन्द्र वैदले संस्थामा विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिने सही गन्तव्य छनोटको लागि सहजीकरण गर्ने बताउनुभयो ।

काठमाडौंमा मुख्य कार्यालय रहेको स्टडी स्क्वायरले देशका विभिन्न स्थानमा शाखा विस्तार गरेको छ । वीरगन्जमा शाखा कार्यालय स्थापनापछि लगत्तै नेपालगञ्जमा पनि शाखा स्थापना गरिने वैदले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत संस्थाका वीरगन्ज कोअर्डिनेटर दिपेन्द्र साह कानुले गर्नुभएको थियो ।

वीरगन्जमा अन्तराष्ट्रियस्तरको परामर्शदाता कार्यालयले उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुले विश्वसनीय परामर्श पाउने वीरगन्ज शाखा कार्यालयका कोअर्डिनेटर सरोज चौधरीले बताउनुभयो ।