विद्यार्थीको हत्यामा शिक्षकको संलग्नता रहेको आशंका, अनुसन्धान भईरहेको प्रहरीको भनाई
वीरगन्ज, ११ पुस । वीरगंज महानगरपालिका २५ भन्सार श्रीसियाका श्रीराम पासवानका १४ वर्षीय छोरा निरज पासवानको उनका शिक्षकले नै हत्या गरेको परिवारजनले आरोप लगाएका छन् । फिरौतीको माग गर्दै बालक निरजलाई अपहरण गरेको र केही दिनपछि हत्या गरेर विद्यालयको सेफ्टी ट्याङ्कीमा शव लुकाइएको अवस्थामा प्रहरीले हिजो फेला पारेको थियो ।
घटनामा संलग्न रहेको आशंकामा केहीलाई पर्सा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुको बयानका आधारमा नै शव पनि फेला परेकोले वास्तविकताको नजिक पुगेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले पक्राउ गरेको व्यक्तिहरुको नाम र संख्या खुलाएको छैन । घटनामा संलग्न अन्यको खोजी अनुसन्धान भईरहेको र सोमबार दिउँसो सम्ममा थप कुराहरु स्पष्ट हुने पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक नै आपराधिक घटनामा संलग्न रहेको परिवारको आरोप पुष्टि भए बच्चाको भविष्य बनाउने शिक्षक नै अपराधमा लागेको घटनाले समाजमा थप त्रास बढाउने भन्दै स्थानीय चिन्तित भएका छन् । शिक्षकसँग कुनै रिसिवी नभए पनि उनीहरुले ५० लाख धरौटी रकम माग गरेको परिवारजनले बताएका छन् ।
निरजको शव पनि दिलीपको डेरा नजिकैबाट बरामद भएको हुँदा उनी नै यस घटनाका मुख्य योजनाकार हो वा होईन भन्ने विषयमा अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयल पर्साका प्रहरी नायब उपरिक्षकं दिलिप गीरीले बताउनुभयो । श्रीराम पासवान वीरगञ्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका छन् ।