वीरगन्जको बाल सुधार गृहबाट दुईजना भागे
वीरगन्ज, १२ असोज । वीरगन्जको वीर्ता स्थित बाल सुधार गृहबाट दुईजना बालकैदी भागेका छन् । कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनीहरुलाई आचरण सुधारका लागि बाल सुधार गृहमा राखिएको थियो ।
अभियुक्त कविलासी ०७९ अ र सिराहा ध बालकैदीहरु आज बिहान चारबजेतिर छतबाट हाम फालेर भागेको बाल सुधार गृहका होस्टल वार्डेन कृष्ण प्रसाद साह गोंढले जानकारी दिनुभयो । उनीहरुको खोजीका लागि प्रहरीलाई जानकारी गराई सकिएको पनि उहाँले बताउनुभयो ।
भत्तपुरबाट ल्याईएका १८ जना बालकैदीहरुका कारणले तनाव भएको बाल सुधार गृहमा अहिले ती बालकैदीहरुलाई निकालिएपछि शान्त भएको थियो । सोही मौकामा दुईजना बालकैदीहरु भागेका हुन् ।
बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्ले भने अहिले बाल सुधार गृहबाट निकालिएका बाल कैदीहरुको व्यावस्थापनका लागि काठमाडौंमा रहनुभएको छ । आज कारागार व्यावस्थापन विभागमा गएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमै राखिएका बालकैदीहरुको व्यावस्थापनको लागि पहल गर्ने काफ्लेले बताउनुभयो ।