५२ जना एसपी र ५७ जना डीएसपीको एकैसाथ सरुवा
वीरगन्ज, ९ असार । प्रहरी प्रधान कार्यालयले देशभरका ५२ जना एसपी र ५७ जना डिएसपीको सरुवा गरेको छ । मंगलबार सार्वजनिक गरेको सूचना अनुसार प्रहरी प्रधान कार्यालयले ५२ जना एसपी र ५७ जना डीएसपीको सरुवा गरेको हो । सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसी अख्तियार अनुसन्धान आयोगको कार्यायलय,
जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरीक्षक ओम बहादुर रानालाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, पूर्वी नवलपरासीमा मनोज यादवलाई पठाईएको छ । रामेश्वर यादवलाई बाग्मती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा, काभ्रेका वासुदेव खतिवडालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन इटहरीमा पठाईएको छ ।
त्यसैगरी सरुवा गरिएका डीएसपीहरुमा मोरङ्गका मान बहादुर राई इलाका प्रहरी कार्यालय कटारी उदयपुर, मिम बहादुर लामा प्रहरी वृत्त नयाँ बानेश्वर, नविन कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहतमा सरुवा भएको छ ।
सूची हेर्नुहोस्