११ डिआईजीको काज सरुवा, प्रदेश २ मा गणेश ठाडा मगर 

११ डिआईजीको काज सरुवा, प्रदेश २ मा गणेश ठाडा मगर 

काठमाडौं , ८ असोज । गृह मन्त्रालयले बिहीबार सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ । गृहमन्त्रालयले निकालेको सरुवा अनुसार ३ नम्बर बाहिनी मुख्यालय मकवानपुरमा कार्यारत मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा हुनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालयका प्रवत्ता राजु अर्यालको सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएको छन। यस्तै प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिवासका डिआइजी चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सुरुवा भएको छ ।

गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी, कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, ई. किशोर प्रधानको नेपाल नं. ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी,  दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको छ ।