वीरगन्जमा १५ दिने अभिनय कार्यशाला सुरु
वीरगन्ज, १२ बैशाख । भोजपुरी प्रतिष्ठान, वीरगन्जको आयोजनामा १५ दिने अभिनय कार्यशाला सोमवारदेखि सुरु भएको छ । प्रतिष्ठानका कार्यकारणी सभा सदस्य तथा अभिनय कार्यशालाका संयोजक कामेश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमा प्रशिक्षक सरिता साहले कार्याशालाले वीरगन्जमा अभिनयको क्षेत्रमा पनि विकास गर्ने आशा व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीहरुलाई यस मौकाको सदुपयोगका निम्ति तत्परता राख्न सुझाव पनि दिनुभयो । अर्का प्रशिक्षक रंगकर्मी अनिल कुर्मीले अभिनय सिक्ने भन्दा आफूभित्र जागृत गराउने बिषय रहेको बताउनुभयो । उहाँले अनुभवको आदानप्रदान, प्रयोगात्मक अभ्यासजस्ता माध्यमहरु अपनाइने बताउनुभयो ।
फिल्म निर्माता बुद्धीप्रसाद पन्त (हरी) ले आफूले बिगतमा वीरगन्जमा बसेर नेपाली चलचित्र निर्माण गर्दा मुख्य कलाकार, साना पात्र, प्राविधि, स्टुडियो लगायतका लागि काठमाडौं र भारतै निर्भर हुनु परेको अनुभव सुनाउनुभयो । कार्यशालाले अब उपरान्त वीरगन्जबाट फिल्म बनाउदा यहाँ कलाकार स्थानीय स्तरमैं पाउने बातावरण बन्नेमा विश्वस्त रहेको बताउनुभयो ।
वीरगन्ज मेनरोड नेपाली सेनाको बैरेक नजिक रहेको ‘क्लासिक बैंकेट’मा आयोजित कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका कार्यकारणी सभा सदस्य अजमत अलिले आफुहरुले प्रतिभहरुलाई उजागर गर्न खोजेको बताउनुभयो भारतबाट आएका भोजपुरी अभियानकर्मी निरज मिश्राले शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारणी सभा सदस्यहरु अनिता साह, रितेश त्रिपाठी, रितुराज, अशोक कुशवाहा लगायतको सक्रियाता रहेको थियो । यसअघि प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले बाहिरबाट आएका प्रशिक्षकहरुलाई प्रतिष्ठानको कार्यालयमा स्वागत गर्दै कार्यक्रम सफलताका लागि शुभकामना दिनु भएको थियो । कार्यशालामा महिला र पुरुष गरी १५ जना पशिक्षार्थी सहभागि रहेको प्रतिष्ठानले जनाएको छ ।