वीरगन्ज महानगरको अस्थायी कोभिड अस्पताल र आईशोलेसन भोलीदेखि संचालन हुने
वीरगन्ज, २३ बैशाख । वीरगंज माहानगरपालिकाले गोपाल मण्डलीमा स्थापना गरेको एकसय बेडको अस्थायी कोभिड अस्पताल र एकसय बेडको आइशोलेसन संचालनमा आउने भएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अस्थायी कोभिड अस्पताल र आइशोलेसन तयारी भैसकेको र भोलि ११ बजेपछि संचालन हुने जानकारी दिनुभयो ।
जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको बैठकमा निर्णय भए अनुसार वीरगन्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल र आईशोलेसन स्थापना गरेको उहाँले बताउनुभयो । गोपाल मण्डलीमा स्थापना गरिएको अस्थायी कोभिड अस्पताल र आईशोलेसनको महानगर प्रमुख सरावगीले आज स्थलगत निरीक्षण गर्नुभएको थियो ।
निरीक्षणपछि सबै तयारी पूरा भएको र भोली बिहान ११ बजेदेखि संचालन गरिने महानगर प्रमुख सरावगीले बताउनुभयो । गोपाल मण्डलीमा एकसय बेडको सामान्य लक्षण भएका संक्रमितहरुको लागि कोभिड अस्पताल र लक्षण नदेखिएका संक्रमितको लागि एकसय बेडको आईशोलेसन तयार भएको सरावगीले बताउनुभयो ।