विभिन्न निर्णय गर्दै प्रेस सेण्टर पर्साको बैठक सम्पन्न
वीरगन्ज, १४ फागुन । प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साको बैठक सम्पन्न भएको छ । वीरगन्जको दरबार रेष्टुरेण्टमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको बैठकले समन्वय समितिकोे बैठकले संगठनलाई चलायमान बनाउनका लागि पाँच सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको छ ।
सचिवालयमा अध्यक्ष दीपक गौतमको संयोजकत्वमा सचिव शिवनाथ यादव, सहसचिव शिवम साह सदस्यहरु अनिल साह र प्रणय साह रहने निर्णय गरेको हो । त्यस्तै सहचिवमा शिवम साहलाई चयन गर्ने निर्णय गरेको छ । प्रेस सेण्टरको १८ औं स्थापना दिवस सम्पन्न गर्न विभिन्न क्षेत्र र व्यक्तिहरुले गरेको आर्थिक, भौतिक तथा नैतिक सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ ।
प्रेस सेण्टरको बैंक खाता खोल्ने, तालिमको आयोजना गर्ने, अनलाईन मार्फत सदस्यता भर्ने र परिचय पत्र वितरण गर्ने समेत निर्णय गरेको प्रेस सेण्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले जानकारी दिनुभयो । बैठकमा प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, प्रदेश सचिव मूनेश लायो मगर, प्रदेश सदस्य अशोक श्रीवास्तव, सन्तोष पौडेल, शिवम साह लगायत समन्वय समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।