माओवादी केन्द्रको नामै सुनेर दलाल सामन्तीहरु भयभित : युवा नेता पटेल  

माओवादी केन्द्रको नामै सुनेर दलाल सामन्तीहरु भयभित : युवा नेता पटेल  

वीरगन्ज, १५ चैत्र । नेकपा माओवादी केन्द्रका युवा नेता गौरव सन्तोष पटेलले नेकपा माओवादी केन्द्रको नामै सुनेर दलाल, तस्करहरु भयभित हुने गरेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र कालिकामाई गाउँपालिका वडा नम्बर २ को वडा भेलामा बोल्दै युवा नेता पटेलले मधेसमा राजनीतिक चेतना र जागरण ल्याउने माओवादी पार्टी नै भएको बताउनुभयो । मधेस आन्दोलन माओवादी पार्टीले ल्याएको राजनीतिक चेतना र जागरणकै मुख्य उपलब्धी भएपनि माओवादी केन्द्रलाई मधेसमा गलत प्रचार गरेर एक्ल्याउन खोजेको बताउनुभयो ।

उहाँले माओवादीको जनयुद्धकै कारणले सफल मधेसीहरुले अहिले पहिचान स्थापित गराउन सफल भएको भन्दै कुनैबेला मधेस र मधेसीको कट्टर विरोधी केपी ओली र एमालेमा लाग्नु फेरी मधेसी जनताप्रतिको धोका भएको बताउनुभयो ।

जनताको सर्वोच्च आस्था संसद दुई दुई पटक विघटन गरेर नेपाली जनमतको अपमान गर्ने र मधेसी जनतालाई होच्याउने केपी ओली अहिले मधेसी जनताको प्यारो कदापी हुन नसक्ने पटेलले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का संयोजक समेत रहेका युवा नेता पटेलले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणाली माओवादी केन्द्रले नै ल्याएको माओवादीको नीतिमा नेतृत्व गर्नेहरुले चरम भ्रष्टाचार गरेर प्रणालीलाई नै खराब बनाउन खोजेको आरोप लगाउनुभयो ।

कन्हैया साहको अध्यक्षतामा भएको कार्यक्रममा दिनेश प्रसाद यादव, जय कुमार पाश्वान, शनि खाँ नेहाल खाँ पैठान, दशरथ पास्वान लगायतको उपस्थिति रहेको थियो ।