भोलेन्टियर टिम बिरगंजद्वारा आयोजित आकस्मिक कार्यक्रममा ६ महिला सहित १०३ जनाद्वारा रक्तदान
वीरगन्ज, १९ असार । भोलेण्टियर टिम वीरगन्जले शनिबार आयोजना गरेको रक्तदानमा ६ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् । कोरोना महामारी र अविरल बर्षाले रक्तदान कार्यक्रमको आयोजना कम देखिएकोले नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको समन्वयमा भोलेन्टियर टिम बिरगंजले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर –३० लालपर्सामा आयोजित आकस्मिक रक्तदानको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेंलले रक्तदान गरेर शुभारम्भ गर्नुभएको थियो । भोलेन्टियर टिम वीरगंजका सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक राधेश्याम गुप्ताको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कंडेल र बिशिस्ट अतिथि वडा अध्यक्ष अमानत अन्सारी र भोलेन्टियर टिमका संयोजक राजन श्रीवास्तवले रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेको हो ।
भोलेन्टियर टिमले ग्रामीण क्षेत्रमा समेत रक्तदान कार्यक्रमको आयोजना गरेर जनचेतना फैलाउने काम गरेकोमा प्रमुख अतिथि कडेंलले आयोजक समितिलाइ धन्यवाद दिनुभयो । रक्तदान गर्नेहरुमा बिरेन्द्र राज कंडेल, संजय परियार, निसा कुमारी शाह, रेखा कुमारी गुप्ता, कुन्तीदेवी कुश्वाहा, सीमा श्रेष्ठ, रिन्की कुमारी, रोजिना पराजुली, मन्जुर आलम, बिजय कुश्वाहा, गुडु कुमार गुप्ता, रोशन गुप्ता, दिनेश प्रसाद कुश्वाहा, हिरालाल कुश्वाहा, सोनालाल कुश्वाहा, रामानन्द महतो कोइरी लगायत रहेको भोलेण्टियरका संयोजक राजन श्रीवास्तले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा भोलेन्टियर टिमका महासचिव श्याम सरार्फ, कोषाध्यक्ष कमलेस कुश्वाहा, ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह, डाक्टर लक्ष्मी थापा, मानवसेवाका देवेस गुप्ता, किसन सरार्फ, उजवल सरार्फ, बिक्की सरार्फ, दिनेस मिश्र, राहुल शर्मा, राजेन्द्र भट्टराई, बिक्की कुश्वाहाको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन दिनेश प्रसाद कुश्वाहा, राधेश्याम गुप्ता र राजन श्रीवास्तवले गरेको थिए । रक्तसञ्चार केन्द्रका प्राबिधिक धिरेन्द्र झाको टोलीले प्राबिधिक सहयोग गरेका थिए ।