फेला परेको व्यक्तिलाई आफन्तको जिम्मा 

फेला परेको व्यक्तिलाई आफन्तको जिम्मा 

वीरगन्ज, १८ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाबाट बच्चा सहित हराएकी महिलालाई वीरगन्जमा फेला पारेर आफन्तको जिम्मा लगाईएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालीखोला २६ बर्षीया महिला र उनीसँगै रहेका बालकलाई उनको आफन्तको जिम्मा लगाईएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिनुभयो ।

५ बर्षको छोरा संदीप चेपाङ्ग सहित मन कुमारी चेपांग वीरगन्जको नगवामा बेपत्ता अवस्थामा फेला परेकी थिईन् । बालक सहित उनलाई उद्दार गरेर मानवसेवा आश्रममा लगेर राखिएको थियो । उनका आफन्त पत्ता लगाएर बोलाई जिम्मा लगाएर पठाईएको थारुले बताउनुभयो ।

मानसिक रोग विशेषज्ञ डाक्टर भरत कुमार गोईत  तथा मानव सेवा आश्रमका देवेश मानवसेवा, सानु मानवसेवा लगायतले महिलाकी छोरी अनु चेपाङ्ग र भदै सुरेन्द्र चेपाङ्गको जिम्मा लगाएर घर पठाएको थारुले बताउनुभयो । मनकुमारीको २ जाना छोरा र ५ जना छोरी र श्रीमान् बुद्धि मान चेपांग रहेको छ ।