प्रदेश २ मा सशस्त्र प्रहरी काठ तस्करी नियन्त्रणदेखि गाँजा फडानी र राजस्व चुहावट नियन्त्रणमा आक्रामक बन्दै
वीरगन्ज, ९ मंसिर । सशस्त्र प्रहरी २ नम्बर प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डाईजी) गणेश ठाडा मगरको आगमनपछि सशस्त्र प्रहरीको सक्रियता झन बढेको छ ।
राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले सीमा सुरक्षा र तस्करी रोकेर राजस्व चुहावट नियन्त्रण मात्रै होईन गाँजा फडानी र काठ तस्करी नियन्त्रणमा समेत आक्रामक बनेको छ ।
सशस्त्र प्रहरीले प्रदेश २ को आठवटा जिल्लामा राजस्व चुहावट नियन्त्रणमा उल्लेख्य सुधार भएको छ । सशस्त्र प्रहरीको आठवटै जिल्लामा सक्रियता बढाएपछि भन्सार कार्यालयहरुले उठाउने राजस्वको भन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले आर्थिक बर्ष ०७७/७८ को तुलनामा असोज महिनामा मात्रै २ करोड ५३ लाख ३१ हजार ५ सय ६६ रुपैंया लक्ष्यभन्दा बढीको सामान बरामद गरेको छ । त्यस्तै कार्तिक महिनामा पनि सोही अवधिको तुलनामा १ करोड ५६ लाख १६ हजार ५ सय ५० रुपैंया बढीको सामान बरामद गरेको छ ।
असोज महिनामा प्रदेश २ मुख्यालयलाई १७ अर्ब एक करोड ३४ लाख ११ हजार ५ सयको अनुमानित लक्ष्य दिएकोमा विभिन्न भन्सार कार्यालयहरुबाट लक्ष्य भन्दा बढी २० अर्ब ९२ करोड ४७ लाख ४५ हजार ७ सय ४ रुपैंया राजस्व संकलन भएको तथ्यांकले देखाएको छ ।
सशस्त्र प्रहरीले प्रदेश २ को विभिन्न जिल्लामा लगाईएको प्रतिबन्धित गाँजा फँडानी गरेको छ । त्यस्तै मंसिर ६ गते सशस्त्र प्रहरीले सर्लाहीबाट ८४० क्युफिट काठ सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
४२ लाख मूल्य बराबरको काठ र ६० लाख मूल्य बराबरको ट्रक नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय सर्लाहीमार बुझाइएको सशस्त्र प्रहरी बल प्रदेश २ बाहिनी मुख्यालय बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डआईजी) गणेश ठाडा मगरले जानकारी दिनुभयो । मंसिर महिनामा पनि राजस्व संकलनमा वृद्धि हुने उहाँले दावी गर्नुभयो ।