निषेधाज्ञाले समस्यामा परेकाहरुलाई निःशुल्क भोजन वितरण 

निषेधाज्ञाले समस्यामा परेकाहरुलाई निःशुल्क भोजन वितरण 

वीरगन्ज, २५ बैशाख । कोरोना संकटकै बेला संचालनमा आउन लागेको रेलवे कटेज रेष्टुरेण्टले निषेधाज्ञाको समयमा हातमुख जोड्न समस्यामा परेकाहरुलाई खानाको व्यावस्था गरेको छ ।

कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि वीरगन्जमा जारी गरिएको निषेधाज्ञाले प्रभावित गरिब, निमुखा, अलपत्र परेका यात्रु , सडक मानव तथा अस्पतालमा बिरामीका कुरुवाहरुलाई शनिबार तेश्रो दिन पनि रेल्वे कटेजद्वारा निःशुल्क भोजन बितरण गरेको छ ।

रवि गुप्ताको नेतृत्वमा खटिएका तीन वटा टोलीले तेस्रो दिन १५० प्याकेट खाना बितरण गरेको कटेजका संचालक एवं सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले जानकारी दिनुभयो । फिड फर निडी पिपुलको नारा सहित अभियानका स्वयंसेवकहरु सन्जय पटेल, रचित श्रेष्ठ, राहुल रौनियार, सागर सरार्फ, किसु सर्राफ पवन सर्राफ, संदीप नेपाल  लगायतले भोजन वितरण गरेका हुन् ।

यस्तै साहेब दरबार सेवा संस्था लगायतका विभिन्न संस्थाले पनि तीन दिनदेखि नै महानगरका विभिन्न क्षेत्रमा खानाको अभाव भएका असहाय गरिब विपन्नलाई निःशुल्क खाना वितरण अभियानलाई जारी राखेको छ ।