नेपाली कांग्रेस पर्साको कार्यालय आफ्नै भवनबाट संचालन 

नेपाली कांग्रेस पर्साको कार्यालय आफ्नै भवनबाट संचालन 

वीरगन्ज १ असोज । नेपाली कांग्रेस पर्साले शुक्रबारदेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ अशोक वाटिका पुलपारी निर्माण गरिएको पाटीको आफ्नै भवनमा पार्टीको झण्डोत्तोलन गरेर कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेपाली कांग्रेसका प्रतिष्ठित नेता स्व.आत्माराम ओझा, र दुखा सहनीको नाममा निर्माण गरिएको स्मृति भवनबाट कार्यालय सञ्चालनमा ल्याएको छ  । पार्टी सभापति अजय द्विवेदी, आत्माराम ओझाजीका भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकी श्रीमती

सुरूजपती देवी, नेपाली कांग्रेसका वरिष्ठ नेता देवेन्द्रलाल नेपालीले संयुक्तरूपमा नेपाली कांग्रेसको चार तारे झण्डा झण्डोत्तोलन गरेर पार्टी कार्यलयको उद्घाटन गर्नुभएको युथ कांग्रेस नेपाल का प्रदेश २ का सदस्य राहुल गुप्ताले जानकारी दिनुभयो ।