नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशको अध्यक्षमा मनोज दनुवार चयन
वीरगन्ज, २६ माघ । नेपाल आदिवासी जनजाति महासंघ मधेश प्रदेश समवन्य परिषद्को प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले मनोज सिंह दनुवारको नेतृत्वमा ३१ सदस्यीय आदिवासी जनजाति महासंघ मधेस प्रदेश समन्वय परिषद चयन गरेको छ ।
जनकपुरमा मंगलबार भएको अधिवशेनबाट उपाध्यक्षहरुमा कमल बहादुर पिठाकोटे मगर, दिल कुमारी चौधरी, भुवन राई, जमुना भुजेल, मोहन बहादुर माझी चयन गरेको छ । यसैगरी समितिको मुख्य सचिवमा दुर्गाहरी ग्यावा तामाङ, सचिवमा छोईसल घ्लान तामाङ, विजय रंजितकार, तारा सुनुवार, बलिराम चौधरी थारु, दिपु बोटलाई चयन गरेको छ ।
सदस्यहरुमा पदम कुमारी राना मगर, धर्मेन्द्र कुसबडिया, रविन्द्र लाल उराँव, मनुमाया मोक्तान तामाङ, सुनिता कुमारी सिंह दनुवार, जीवन भुजेल सपना राई, रुद्र बुर्जा मगर रहेका छन् ।
पदेन सदस्यहरुमा सप्तरी जिल्ला अध्यक्ष बृजमान तामाङ, सिराहा अध्यक्ष डेनोक मोक्तान तामाङ, महोत्तरी सन्तराज तामाङ, सर्लाही बुद्धि बहादुर सुनुवार, रौतहटबाट नरेन्द्र राना मगर, बाराबाट रामदास धजु नेवार र पर्साबाट सोम लामा तामाङ चयन भएको निर्वाचन मण्डलका संयोजक गोविन्द छन्त्यालले जानकारी दिनुभयो । नव गठित समितिलाई नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले सपथग्रहण गराउनु भएको थियो ।
निर्वाचन मण्डल सदस्यहरुमा अर्जुन योन्जन तामाङ र रोजलिन बछार थारु रहेका थिए । यसअघि जनकपुरमा भएको अधिवेशनको उदघाटन मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले गर्नुभएको थियो । मनोजन सिंह दनुवारको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पूर्व उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बाराम, उपाध्यक्ष गोविन्द छन्त्याल लगायतको आतिथ्यता रहेको थियो ।