नेको इन्स्योरेन्सका अधिकारीहरु र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच छलफल 

नेको इन्स्योरेन्सका अधिकारीहरु र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच छलफल 

वीरगन्ज, १० पुस । वीरगन्ज उद्योग वाणिज्य संघ र  नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका पदाधिकारीहरुबीच समसामयिक विषयमा छलफल र अन्तकृया सम्पन्न भएको छ । वीरगन्जमा शुक्रबारराति भएको छलफल तथा अन्तरकृयामा वीमा क्षेत्रमा देखिएको विभिन्न समस्याको विषयमा उद्योगी व्यवसायीहरुले नेको इन्स्योरेन्सका अधिकारीहरुलाई अवगत गराएका थिए ।

उनीहरुले वीमा कम्पनीहरुमा वीमा गराउँदा दावी भुक्तानीमा विभिन्न झमेला र समस्याहरु आउने गरेको बताउदै नेको इन्स्योरेन्समा त्यस्तो समस्या हुन नदिन र त्यसलाई तत्काल समाधान गर्न आग्रह गरेका थिए । 

वीरगन्जका उद्योगी व्यवसायीहरुले राखेको गुनासोको नेको इन्स्योरेन्सका सीइइओ अशोक कुमार खड्का र सीसीओ गोकर्ण दवाडीले समस्या सामाधानका लागि सकारात्मक रहेको बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, उपाध्यक्ष हरि गौतम, अनिल अग्रवाल, पूर्व अध्यक्ष प्रदीप केडिया लगायतका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको नेको इन्स्योरेन्स कम्पनी लिमिटेड वीरगन्ज शाखा प्रवन्धक विक्रम आले मगरले जानकारी दिनुभयो ।