त्रिजुद्ध माविका १०३ छात्रालाई साईकल वितरण 

त्रिजुद्ध माविका १०३ छात्रालाई साईकल वितरण 

वीरगन्ज ८ साउन । वीरगन्जको त्रिजुद्ध माध्यामिक विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययन गर्ने १०३ जना विद्यार्थीहरुलाई साईकल वितरण गरिएको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा त्रिजुद्व माबिमा कक्षा ८ मा अध्ययनरत १०३ जना छात्राहरु शुक्रबार साइकल वितरण गरेको हो । साईकल वितरण कार्यक्रममा, प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको पनि उपस्थिति रहेको थियो ।

यस्तै विद्यालयमा स्थापना गरिएको पुस्तकालयको पनि उदघाटन गरिएको छ । विद्यालयको आन्तरिक श्रोतबाट निर्माण गरिएको पुस्तकालयको मुख्यमन्त्री राउत र महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गर्नुभएको त्रिजुद्ध माविका प्रधानाध्यापक हरेन्द्र कुर्मीले जानकारी दिनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत प्रसाद कानुको अध्यक्षतामा भएको कार्यक्रममा दाता परिवारको पनि सहभागिता रहेको थियो ।