ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षरोपण सम्पन्न 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षरोपण सम्पन्न 

ट्रिव्यून संवाददाता
वीरगन्ज, २० फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगरमा वृक्षरोपण गरिएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर –१० पर्साको आयोजनामा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले विरुवा रोपेर उदघाटन गर्नुभएको हो । बिरगंज वडा न.१० आदर्शनगरस्थित नेपाल राष्ट्र बैंकको उतरपट्टि बाटो किनारमा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । ग्रिनसिटीका सामुदायिक सेवा केन्द्रका जयप्रकाश खेतानको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरीक्षक बेल बहादुर पान्डे,

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर पर्सा न.१३ गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, सशस्त्र नायब उपरीक्षक दिपेन्द्र थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की, प्रहरी नायब निरीक्षक सुर्य ब. थापा मगर,  बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मियाँ, सन्चारकर्मी र स्थानीय बासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका सदस्य मुकेश खेतानले गर्नु भएको थियो ।