महानगर प्रमुख सरावगीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियान शुरु
वीरगन्ज, १७ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई चिसो बाट जोगाउनका लागि न्यानो कपडा वितरण अभियान शुरु गरेको छ ।
वीरगंज माहानगरपालिकाको जनकल्याणकारी योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका जेष्ठ नागरिकहरुलाई प्रत्येक ब्यक्ति एक पिस कम्बल, झुल, छाता र टर्च करिब ६ हजार ब्यक्ति हरुलाई बितरण शुरु गरेको हो ।
अभियान अन्तर्गत महानगर प्रमुख सरावगीले आज पहिलो वडा नम्बर १४ बाट ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा विभिन्न अत्यावश्यक सामग्रीहरु वितरण अभियान शुरु गर्नुभएको हो ।
बढ्दै गएको चिसो र अब सुरु हुने शीतलहरबाट महानगरक्षेत्रका कोही पनि ज्येष्ठ नागरिक तथा विपन्न परिवारले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले महानगरपालिकाले न्यानो कपडा वितरण अभियान शुरु गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।