पर्सामा ७० प्रतिशत मत खस्यो, मतगणना स्थलमा मतपेटिका ओसार्न शुरु
वीरगन्ज, ३० बैशाख । स्थानीय तह निर्वाचन २०७९ मा पर्सामा छिटफुट बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । एउटा महानगरपालिका तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेको पर्सामा केही स्थानमा छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
पर्सामा पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर १ र २ मा नेकपा एमाले र जसपाका कार्यकर्ताहरुबीच झडप हुँदा प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो । वडा नम्बर १ मा एमालेका अध्यक्ष उम्मेदवार मनोज गुप्ता र कांग्रेसका उम्मेदवार नविन सिंहका समर्थकहरुबीच विवाद हुँदा झडप भएको हो ।
अवस्था सामान्य बनाउन प्रहरीले एकदर्जन जति हवाई फायर गर्नुपरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २० बगहीमा पनि केहीबेर विवाद भएको थियो ।
वडा नम्बर ३१ मा भने मतदान गरिसकेकी एक महिला फेरी मतदान गर्न आएको भन्दै विवाद भएको थियो । वडा नम्बर ३१ को नेरा आधारभूत प्रावि प्रसौनी बेल्वा मतदान केन्द्रमा मत खसाली खसेको महिलाले फेरी मतदान गर्न आएपछि विवाद भएको भएको हो ।
यस बाहेक पर्सामा मतदान शान्तिपूर्ण रुपमामा नै सम्पन्न भएको छ । पर्सामा करिब ७० प्रतिशत मत खसेको अनुमान रहेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मधेस प्रदेशको एमा मात्रै महानगरपालिका वीरगन्जमा भने करिब ७५ प्रतिशत मत खसेको अनुमान रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
महानगरपालिकाका ३२ वडामा शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको र झण्डै ७५ प्रतिशत मत खसेको अनुमान रहेको उहाँले बताउनुभयो । मतदान सम्पन्न भएका महानगरपालिकाका मतपेटिकाहरु मुचुल्का तयार गरी मतगणना स्थल नृसिंह माविमा ओसार्न थालिएको र सबै मतपेटिका आईसकेपछि मतदान भने भोली बिहानदेखि मात्रै शुरु हुने जनाएको छ ।