रोटरी क्लबको संयुक्त बैठक र ह्वील चेयर वितरण कार्यक्रम सम्पन्न
वीरगन्ज, २० जेठ । रोटरी क्लब अफ वीरगन्ज र रोटरी क्लब अफ मेट्रोपोलिसको बैठक संयुक्त बैठक र ह्विल चेयर वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार संयुक्त बैठक सम्पन्न भएको हो । भने, शनिबार ह्विल चेयर वितरण कार्यक्रम सम्पन्न भएको हो । शनिबार रोटरी क्लब अफ वीरगन्जले अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण प्रदान गरेको छ ।
रोटरी भवनमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश सभाका सदस्य श्याम प्रसाद पटेल, वीरगन्ज वडा नम्बर ५ अध्यक्ष प्रदीप कुमार चौरसिया, रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष पियुष गुप्ता, न्यू जेनरेशन समिति अध्यक्ष सोहन पोद्दार, रोटरियन दीपक तुल्स्यान, रोटरियन अभिषेक चौधरीले अपाङगता भएका व्याक्तिहरुलाई ह्वील चेयर हस्तान्तरण गरेका हुन्।
क्लबका अध्यक्ष पियुष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिका वडा नम्बर ३, ८ र ९ हरपुरबाट ३ जना अपाङगता भएका, बीरगंज वडा नम्बर ५ बाट २ जना, बीरगंज वडा नम्बर १० बाट १ जना अपाङगता भएका व्याक्तिलाई एक–एक थान ह्वील चेयर प्रदान गरेको रोट्रयाक्ट क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष आयुष गुप्ताले बताउनुभयो ।
ह्विल चेयर वितरण कार्यक्रममा रोटरियन दिनदयाल केडिया, रोटरेक्ट सदस्यहरू रोमित सिंह लगायतका अन्य सदस्यहरूको पनि उपस्थिती रहेको थियो ।
यसअघि शुक्रबार रोटरी क्लब बीरगंज र रोटरी क्लब बीरगंज मेट्रोपोलिसले बीरगंजमा संयुक्त बैठक सम्पन्न भएको थियो। रोटरी क्लब बीरगंजका अध्यक्ष पियूष गुप्ताले कार्यक्रम संचालन गर्नुभएको थियो।
बैठकमा प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले वर्तमान शिक्षा परिस्थिति, आवश्यकता र भविष्यमा आवश्यक कार्यहरूको बारेमा धारणा राख्नुभएको थियो । उहाँले नेतृत्व, सम्बन्ध र युवा विकासका बारेमा पनि पनि बोल्नुभएको थियो ।
अर्का अतिथि वीरगन्ज महानगरपालिकाका सल्लाहाकार प्रकाशमान सिंह अमात्यले बीरगंज महानगरका कार्यक्रमहरू, आगामी कार्यक्रमहरू, बजेट तयारी, शहरमा मन्दिर सजाउने र अन्य विकासका कामहरू बारेमा बोल्नुभएको थियो । कार्यक्रममा अझै बढी संयुक्त परियोजनाहरू गर्ने मनस्थिति रहेको बताईएको छ ।
रोटरी क्लब बीरगंजका अध्यक्ष पियूष गुप्ता र रोटरी क्लब बीरगंज मेट्रोपोलिसका अध्यक्ष नियुक्त हरिओम प्रकाशले कार्यक्रममा सहजीकरण गरेका थिए ।