संघीय सरकारको बजेट आज अपरान्ह चार बजे प्रस्तुत गरिने 

संघीय सरकारको बजेट आज अपरान्ह चार बजे प्रस्तुत गरिने 

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको बजेटभन्दा नबढी आउने अर्थमन्त्रीको भनाई छ ।

यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।