छपकैया–२ मा आगलागी र महिला हिंसा न्यूनीकरण सम्बन्धी जनचेतना सम्पन्न
वीरगन्ज, २६ बैशाख । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया– २ को आयोजनामा आज ‘महिला हिंसा तथा आगलागी सम्बन्धि जनचेतनामूलक घरदैलो तथा पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको नेपाली टोलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला हिंसाको बारेमा जनचेतनाका लागि घरदैलो तथा पर्चा पम्प्लेट वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा न.२ महिला वडा सदस्य संगीता थापा भुजेलले महिला हिंसाको बारेमा जानकारी गराउँदै यसबाट बच्न र रोकथाम न्यूनीकरण गर्न महिलाहरुले नै पहिले आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले महिला हिंसा न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र तथा नेपाल प्रहरीले सहयोग गर्नुपर्ने बताउनुभयो । थापाले अहिलेको २० औं शताब्दीमा पनि महिला पीडित हुनु भनेको विडम्वना रहेको बताउदै महिला हिंसा गर्नेहरुलाई सामाजिक बहिष्कार गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी अहिलेको सुक्खा मौसममा लापरबाहीले गर्दा गाउँघरमा हुने आगलागिबाट कसरी बच्ने र बचाउने भन्ने बारेमा पनि जनचेतना मुलक घरदैलो कार्यक्रम तथा पर्चा पम्प्लेट समेत बितरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया–२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हकको अध्यक्षतामा कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया–२ का कोषाध्यक्ष प्रेम कुमारी सिंह, प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरी, वरिष्ठ प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, मनिरा खातुन, सबिता सोनी, साहान खान, गुलसन खातुन, रोजी खातुन, गैनिदा खातुन, महम्मद हसन लगायतको उपस्थित रहेको सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य अजित कुमार भुजेलले जानकारी दिनुभयो ।