ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन तत्काल गर्न त्रिविको निर्देशन
वीरगन्ज, २८ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित भएको निर्वाचन जेठ १३ गते गर्ने माग गर्दै त्रिभुवन विश्व विद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको सिफारिस त्रिविले अस्वीकार गरेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमा चैत १ गते निर्वाचन स्थगित गरि सर्वदलीक्ष बैठकबाट जेठ १३ गते गर्ने निर्णय सहित त्रिविभुवन विश्वविद्यालयमा सिफारिस गरिएको थियो । उक्त सिफारिसलाई त्रिभुवन विश्वविद्यालयले अस्वीकार गर्दै तत्काल निर्वाचन गर्न ठाकुराम बहुमुखी क्याम्पसलाई निर्देशन दिएको हो ।
त्रिविको निर्देशनपछि निर्वाचन तयारीका लागि सम्बन्धित विद्यार्थी संगठन र समूहका प्रतिनिधिहरुसँग मंगलबार छलफल गर्ने क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले जानकारी दिनुभयो ।
उहाँले छलफलका लागि मंगलबार अपरान्ह चार बजे निर्वाचन समितिका पदाधिकारी, निर्वाचनका लागि दल दर्ता भएका विद्यार्थी संघ, संगठन र समूहका अध्यक्ष एक–एकजना मात्रै उपस्थितिका लागि आमन्त्रण गरिएको क्यम्पस प्रमुख डाक्टर चौरसियाले जानकारी दिनुभयो ।