भोजपुरी संस्कृतिविद उमाशंकर द्विवेदीको निधन, भोली ११ बजे तिलावे नदिमा अन्त्यष्टि गरिने 

भोजपुरी संस्कृतिविद उमाशंकर द्विवेदीको निधन, भोली ११ बजे तिलावे नदिमा अन्त्यष्टि गरिने 

वीरगन्ज, १८ चैत । भोजपुरी संस्कृतिविद उमाशंकर द्विवेदी ‘दधिची’ को निधन भएको छ । भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य समेत रहनुभएका वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुवरी निवासी द्विवेदीको ७० बर्षको उमेरमा शनिबार निधन भएको हो ।

उहाँका छोरा राधेश्या द्विवेदीका अनुसार केही बर्षअघि मुटुको समस्या देखिएपछि पेसमेकर विधिबाट उपचार गरिएको उहाँको स्वास्थ्य सामान्य नै रहेको थियो । तर, रामनवमीको दिन नवरात्री व्रत बस्नुभएको थियो । शुक्रबार एकपटक वान्ता गर्नुभएको उहाँ राति खाना खाएर राम्रै अवस्थामा सुत्नुभएको थियो ।

शनिबार फेरी वान्ता भएपछि उहाँलाई उपचारको लागि वीरगन्जको पावहाउस स्थित तराई अस्पतालमा ल्याईएको थियो । तराई अस्पतालमा चिकित्सक नभेटिएपछि संयोगले पहिले उपचार गर्ने डाक्टर नै वीरगन्ज आएको जानकारी पाएपछि उहाँको इसीजी लिएर डाक्टरकोमा पु¥याईएको थियो ।

तराई अस्पतालमा उपचार हुन नसकेपछि द्विवेदीलाई गण्डक स्थित मेडिसीटी बयोधा अस्पतालमा पु¥याईएको थियो । तर, त्यहाँकोको चिकित्सकले उहाँलाई मृत घोषणा गरेको छोरा राधेश्यामले बताउनुभयो । उहाँको पार्थिव शरिर अहिले बहुवरी स्थित निजी निवासमै राखिएको र भोली ११ बजे तिलावे नदिनमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् । दिवंगत द्विवेदीको श्रीमती, तीन छोरा र एक छोरी छन् । 

इञ्जिनियरिङ्ग अध्ययन गरेपछि सरकारी सेवाबाट सेवा निवृत्त हुनुभएका द्विवेदीले देशको विभिन्न स्थानमा पुगेर स्थानीय भाषा, संस्कृति रहन सहन र रिती रिवाजको समेत अध्ययन गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत भईसक्नुभएका उहाँ वीरगन्ज महानगरपालिकाले पहिलो पटक स्थापना गरेको भोजपुरी प्रष्ठिानका अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको संस्कृतिसँग सम्बन्धी धेरै लेखरचनाहरु विभिन्न पत्रपत्रिका र पुस्तकहरुमा प्रकाशित भएका छन् ।