नारायणी सिँचाईका दुई कर्मचारी विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

नारायणी सिँचाईका दुई कर्मचारी विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

१३ मंसिर, वीरगञ्ज । नारायणी सिँचाईका कर्मचारी बिरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंजका कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौंमा मुदा दायर गरेको हो ।

नारायणी सिंचाई व्यवस्थापन डिभिजन पर्सा ब्लक नं. २ र १० को नहर निर्माणमा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिन गर्दा उपभोक्ता समितिलाई बद्नियत पूर्वक काम नै नगरेपनि झुट्टा बिल बनाई गलत भुक्तानी दिएको/लिएको देखिएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंजका तत्कालीन सिँचाई डिभिजन ईञ्जिनियर मदन मोहन झा र तत्कालिन तत्कालीन लेखा अधिकृत मुरारी प्रसाद आचार्य बिरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैया बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुने गरी मागदाबी सहितको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोर प्रसाद बिरुद्ध पनि जनही ५ लाख ६१ हजार ९५० रुपैया बिगो कायम गरि कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुने गरी मागदाबी सहितको भ्रष्टाचार मुद्दा दायर भएको छ ।