नेकपा माओवादी केन्द्र कालिकामाई गाउँपालिका कमिटिद्वारा दिए रहबरलाई बधाई
वीरगन्ज, १३ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट निर्वाचित रहबर अन्सारीलाई नेकपा माओवादी केन्द्र कालिकामाई गाउँ कमिटिले बधाई तथा शुभकामना दिएको छ ।
कमिटिका पदाधिकारीहरुले नवनिर्वाचित प्रदेशसभा सदस्य अन्सारीलाई भेटेर बधाई तथा शुभकामना दिएका हुन् । हालै सम्पन्न निर्वाचनमा पार्टीले पर्सा जिल्लामा ३ जनालाई टिकट दिएर निर्वाचनमा लडाएपनि पर्साको क्षेत्र नम्बर १ को १ मा मात्रै जित हासिल गर्न सफल भएको भन्दै निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना दिएको नेकपा माओवादी केन्द्र कालिकामाई गाउँ कमिटि सचिव इश्क कुमार पासवानले बताउनुभयो ।
दुई स्थानमा पार्टीका उम्मेदवारहरु पराजित हुनुको कारणबारे नेतृत्वले समिक्षा गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यसपटककको निर्वाचनमा मधेसमा माओवादीको कमजोर उपस्थिति देखिएको भन्दै पर्सा जिल्लामा जित्ने सम्भावना भएका स्थानहरुमा पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्नु दुखद भएको उहाँले बताउनुभयो ।
यसपटक पर्साको क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा माओवादीको झण्डा फहराउनेमा आफूहरु पनि ढुक्क रहेको बताउदै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाएर पर्सामा पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।