पर्सा ४ को (१) मा स्वतन्त्र उम्मेदवार क्रियाशील
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को (१) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार विरेन्द्र यादवले आफ्नो घरदैलो कार्यक्रम र मतदाता भेटघाटलाई निरन्तरता दिनुभएको छ । शनिबार जिराभवानी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गर्दै उहाँले स्थानीय मतदाताहरुसँग आफूलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।
बाम लोकतान्त्रिक गठबन्धन र एमाले जसपा गठबन्धनका उम्मेदवारहरुबाट यसअघि पनि जनता अपेक्षाकृत कामहरु नभएकाले यसपटक स्वतन्त्र उम्मेदवार यादवलाई स्थानीय मतदाताको साथ र सहयोग पाउने बताउनुभयो । -याली सभा सम्मेलनमा स्थानिय मतदाताहरुको व्यापकरुपमा सहभागीता रहेको छ ।
स्वतन्त्र उम्मेदवार विरेन्द्र यादवले भन्नुभयो, ‘मेरो उम्मेदवारी जनताको लागी हो । जनतासंग नहुने एजेन्डा आफु संग छैन । मैले कृषि आधुनिकीकरण, यूवा रोजगार, समाजको आर्थिक विकाससंग जोडिएका कामहरु गर्ने मेरो उदेश्य रहेको छ ।’
सामाजिक, आर्थिक विकासका लागि लालटेन छापमा मतदान गरी सहयोग गर्न मतदाताहरुसंग यादवले आग्रह गर्नुभएको छ ।