निरु रायमाझी बारा क्षेत्र नम्बर ४ को (क) मा कांग्रेसको बागी उम्मेदवार
सिमरा । नेपाली काँग्रेसकी नेतृ नारायणी रायमाझीले बाम लोकतान्त्रिक गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । पार्टीले देशभरका स्वाभिमान कार्यकर्तामाथि गरेको अपमान र प्रहारका विरुद्ध आँफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भएको छ ।
बारा क्षेत्र नम्बर ४(क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि विज्ञप्ति मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै नेतृ रायमाझीले नेताहरुको व्यक्तिगत स्वार्थ र पार्टी भित्रको आन्तरिक किचलोका कारण आँफू र आँफूजस्ता सयौं कार्यकर्ताको अपमान हुनेगरि नेतृत्वले निर्णय गरेकोले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको प्रष्टोक्ति दिनुभएको छ ।
नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य समेत रहेकी रायमाझी बारामा रहेर दुई दशकभन्दा बढि समयदेखि काँग्रेसको राजनीतिमा सकृय रहनु भएकी रायमाझी लामो समय काम गरेको पार्टीको निर्णयविरुद्ध लाग्नुपर्ने परिस्थितीलाई बुझिदिन स्थानीय नेता कार्यकर्तालाई अनुरोध समेत गर्नुभएको छ ।
बारा क्षेत्र नम्बर ४(क) मा काँग्रेसको तर्फबाट टिकट पाउने निश्चित भएपनि अन्तिममा सो क्षेत्र बाम लोकतान्त्रिक गठबन्धनबाट माओबादी केन्द्रलाई टिकट दिइएको छ । गठबन्धनका तर्फबाट माओबादीका क्षेत्रबहादुर श्रेष्ठ उम्मेदवार बन्नु भएको छ ।