होटल तथा पर्यटन व्यावसायी संघद्वारा सिडिओको बिदाई
वीरगन्ज, २५ असोज । पर्साबाट सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बिदाई गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साले आईतबार साँझ बिदाई गरेको हो ।
संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले वीरगन्ज बसाईमा होटल तथा पर्यटन व्यवसायीहरुसँगको सौहार्दपूर्ण वातावरण बनाउन मुख्य भूमिका निर्वाह गरेको र खासगरी सीमा नाका खोल्नमा पनि सहयोग गर्नुभएकोमा सम्मान सहित विदाई गरेको संघका अध्यक्ष पन्तले बताउनुभयो ।
उहाँको ६ महिना बसाईमा कोरोना संक्रमण नियन्त्रणमा पनि भूमिका प्रशंसनीय रहेको व्यावसायीहरुको भनाई थियो । बिदाई हुनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि वीरगन्जवासीको साथ र सहयोगले आफूले पाएको बताउदै वीरगन्जलाई सधैं सम्झिरहने र होटल तथा पर्यटन व्यावसायीहरुले पनि कोभिड नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।