सर्वोच्च शिखर सगरमाथामा ‘नेप्ग्याजम’ ले प्रस्तुती दिदै
वीरगन्ज, १८ बैशाख । नेपाली मनोरञ्जनको क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मन मष्तिष्कमा बस्न सफल रहेको ‘नेप्ग्याजम’ समूहले सवोच्च शिखर सगरमाथाको कालापत्थरमा स्ट््याण्ड–अप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।
“प्रदूषणरहित सामाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेप्ग्याजमको चाहना” भन्ने नारासहित कमेडी समूह उच्च स्थानमा प्रस्तुती दिएर विश्व किर्तिमान राख्ने तयारीमा लागेको हो । विश्व किर्तिमानी प्रस्तुतीले विश्वमै नेपालीको नाम चिनाउने, नेपाली कलाकारिता क्षेत्रले एउटा नयाँ उचाई पाउनु साथै नेपाली स्ट्याण्डप कमेडीले संसारमै एउटा उच्च स्थान पाउने कुरामा विश्वस्त रहेको नेप्ग्यजमका निर्देशक ज्ञानेन्द्र राज मिश्रले दावी गरे ।
कोभिड महामारीले घरमै त्रासमा बसेका नेपालीहरुलाई यस प्रस्तुतीले हसाँउने र किर्तिमानी कायम भए गौरवान्वित महशुस गराउने र भरपुर मनोरंजन दिने ईभेन्टका संयोजक सन्तोष देवकोटाको भनाई छ । कोभिड महामारीको अवस्था भएकाले कलाकारहरुको स्वास्थ्य साथै सरकारद्वारा लागु गरिएका सम्पूर्ण मापदण्डलाई पालना गर्दै कलाकारद्वय उमेश कुमार गौतम (UKG) र लेखमणि त्रिताल (रमेश अंकलको छोरा) ले १ घण्टाको प्रस्तुति दिनेछन् ।
यस विशेष प्रस्तुतिमा स्वास्थ्य तथा मनोरन्जनात्मक समसायिक विषयहरु समेटिने छन् । कार्यक्रमका लागि ८ जनाको समूह सिम्रिक एयरको हेलिकप्टरले बैशाख २० गते “हाई अल्चिट्युड स्ट्याण्ड–अप कमेडी शो गिग अन ल्याण्ड“ विधामा रेकर्ड राख्नका लागि कलापत्थर पुग्ने छन् । यस अघि सोही विधामा ईटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले सन् २०१९ अप्रिल २५ तारिकका दिन सगरमाथाको आधार शिविर ५ हजार २ सय ७० मिटरको उचाईमा स्ट््याण्ड–अप कमेडी प्रस्तुृत गरेर किर्तिमानी कायम गरेर गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।
सो रेकर्डलाई तोड्न नेप्ग्याजम कमेडीले ५ हजार ६ सय ४३ मिटरको उचाईमा कार्यक्रम गर्न लागेको हो । प्रस्तुतीका लागि नेपाल सरकारको विभिन्न मन्त्रालय र गिनिज बुक अफ दी वल्र्ड रेकर्डबाट अनुमति समेत लिइसकेको छ । कार्यक्रमको अन्तिम तयारीमा लागिएको संस्थाका संस्थापक निर्देशक सरद श्रेष्ठले जानकारी दिए । ‘नेप्ग्यजम’ का निर्देशक ज्ञानेन्द्रराज मिश्र, कार्यक्रम संयोजक सन्तोष देवकोटा, कमेडियन उमेशकुमार गौतम (ग्प्न्) र संस्थाका सस्थापक निर्देशक सरद श्रेष्ठ चारै जना पर्सा जिल्ला वासी भएकाले पनि गिनिज बुकमा वल्ड रेकर्ड कायम गरेमा पर्सावासीका लागि पनि यो गौरवको विषय बन्ने भएको छ ।