विश्व वातावरण दिवसको अवसरमा विभिन्न संघ संस्थाद्वारा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा विभिन्न संघ संस्थाद्वारा वृक्षरोपण

वीरगन्ज, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा आज वीरगन्जमा पनि वृक्षरोपण गरिएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र वीरगन्ज स्कुलले वृक्षरोपणको आयोजना गरेको हो ।

बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा बिरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित भाजुरत्न चौकदेखि आन्तरिक राजश्व कार्यालय हुदै बौदीमाई टोलसम्म वृक्षरोपण गरिएको छ ।

विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बिरगंज महानगरपालिका पर्साका उपमेयर ईमतियाज आलमको प्रमुख आतिथ्यतामा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागितामा वृक्षरोपण गरिएको हो । म्यागो  स्टिक १२५ थान, धुपि २५ थान गरी जम्मा २५० थान बिरुवा रोपिएको ग्रिनसिटीका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि यम्तियाज आलम, विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी जयराम थापा, भारतीय महावाणिज्य दुतावास बिरगंज पर्साका महावाणिज्यदूत नितेश कुमार,

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहाल, राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरकी भु–संरक्षण अधिकृत सुष्मा गिरी खड्का, उपसचिव सृजना श्रेष्ठ, उपसचिव रामहरी पन्थ लगायतको उपस्थिति रहेको थियो ।

रोपिएको म्यागो स्टिक जातको विरुवाको विशेषता १० फिट मात्रै हुने, पात सधै भरी हरियो हुने, वातावरण अनुकुल गराई वातावरण स्वस्थ राख्ने गर्दछ । म्यागो स्टिक विश्व भरी रोड छेउ फुटपाथमा रोप्ने बिरुवा रहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष खेतानले बताउनुभयो । त्यस्तै वीरगन्ज स्कुलले पनि विद्यालय परिसरमा वृक्षरोपण गरेको छ ।

भारतीय वाणिज्य दूतावास पछाडि रहेको वीरगन्ज स्कुलका विद्यार्थीहरुले विद्यालय परिसरमा वृक्षरोपण गरेका हुन् । विद्यालयमा विद्यार्थीहरुलाई वातावरण र पर्यावरणको विषयमा व्यवहारिक ज्ञान हासिल गर्न र वातावरण संरक्षणको महत्व बुझाउनका लागि पनि विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको विद्यालयका प्रशासन प्रमुख सुरेश चौधरीले जानकारी दिनुभयो । 

मानव अधिकार तथा शान्ति समाजद्वारापनि वृक्षरोपण 

विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले पनि वृक्षरोपण गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ स्थित त्रिजुद्ध माध्यामिक विद्यालय परिसरमा समाजले वृक्षरोपण गरेको हो ।

समाजका सभापति  प्रेम पटेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव अमर गौतम वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्ण,

त्रिजुद्ध माविका प्रधानाध्यापक हरिन्द्र प्र.कुर्मी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाईं, समाजका उप सभापति जिनुमाया, रबि चौरसिया, नन्दकिशोर यादव, सरोज पटेल, लगायत लगायतको सहभागिता रहेको थियो।