वीरगन्ज महानगरपालिकाको व्यानर सर्वोच्च शिखर सगरमाथामा
वीरगन्ज, ८ बैशाख । वीरगन्ज महानगरपालिकाको ब्यानर लिएर सगरमाथा आरोहण गर्न जानुभएका पर्साको ठोरी गाउँपालिकका वडा नम्बर ५ बस्ने हरेराम खडका सगरमाथाको ६ हजार एकसय १९ मिटर उचाईसम्म पुग्नु भएको छ ।
सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न जानुभएका खड्कालाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले माहानगरबाट दुई लाख पचास हजार आर्थिक सहयोग सहित महानगरपािलकाको ब्यानर दिएर बिदाई गर्नुभएको थियो । हिजो सम्मको यात्रामा हरेराम खडकाले सगरमाथाको ६ हजार एकसय १९ मिटर उच्चाइको लबुचे भन्ने ठाँउसम्म पुग्नु भएको छ ।
उहाँले लबुचेबाट फोटो खिचेर महानगरपालिकाका प्रमुख सरावगीलाई समेत पठाउनु भएको छ । नेपालको दक्षीण सिमनाको समथल भूभागबाट उत्तरी सीमाको अन्तिम पिन्दु सर्वोच शिखर सगरमाधामा महानगरपालिकको व्यानर फहराउन पाउँदा महानगरवासी गौरवान्वित भएको महानगर प्रमुख सरावगीले बताउनुभयो ।
सगरमाथा आरोहणमा रहनुभएका खड्काले हिजोसम्ममा ६ हजार एकसय १९ मिटरको उचाई पूरा गर्नुभएको फोटो प्राप्त भएपछि अन्त्यन्त खुशी लागेको महानगर प्रमुख सरावगीले बताउनुभयो । संसारकै सबैभन्दा उच्च भागमा महानगरको ब्यानर पु¥याएर महानगरलाई संसारमा चिनाउन समेत सफल हुने विश्वास व्यक्त गर्नुभयो ।