विद्यालयमा सुरक्षित सिकाईको वातावरण बनाउन आवश्यक : महानगर प्रमुख सरावगी
वीरगन्ज, १ चैत । ‘विद्यालयमा सुरक्षित सिकाई वातावरणका लागि मूलधारको नीति” विषयक जिल्ला स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले हरेक नीति निर्माणमा संघ सरकारको विरोधाभाषपूर्ण अवस्थाका कारणले स्थानीय तहको क्षेत्राधिकारभित्र रहेका शिक्षाको नीति निर्माणमा पनि समस्या हुने गरेको बताए ।
उनले स्थानीय तहहरुले संविधान र कानूनको दायरा भित्र रहे नीति निर्माण गर्दा समेत संघ सरकारले विभिन्न समयमा निर्देशनात्मक आदेश दिएर त्यस्ता नीतिहरुको कार्यान्वयनमा अवरोध गर्ने गरेको बताउनुभयो । विद्यालयमा बालबालिकाहरुलाई सुरक्षित सिकाईको वातावरण बनाउनुपर्ने बताउदै मनोवैज्ञानिक रुपमा नकारात्मक असर पार्ने खालको वातावरण विद्यालयमा भए त्यसले दक्ष जनशक्ति उत्पादन हुन नसक्ने बताउनुभयो ।
बालबालिकाको सिक्ने प्रारम्भिक थलो नै विद्यालय भएको र भोलीका युवाहरुको भविष्यको आधारशीला पनि विद्यालय नै भएकोले विद्यालयमा सुरक्षित सिकाईको वातवरण हुन आवश्यक रहेको बताए । कार्यक्रमा पर्साका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।