मदन–आश्रित प्रति भावपुर्ण श्रद्धा सुमन अर्पण

मदन–आश्रित प्रति भावपुर्ण श्रद्धा सुमन अर्पण

दिनेश राई
केन्द्रीय सदस्य नेकपा एमाले 

आज भन्दा २७ वर्ष अघि चितवन जिल्लाको दासढुंगा भन्ने स्थानमा रहस्यमय जीप दुर्घटनामा परि देहावसान हुनु भएका नेकपा एमाले महासचिव, जवज प्रणयता, कम्युनिष्ट आन्दोलनका नविन चिन्तक कमरेड मदनकुमार भण्डारी र कुशल संगठक कमरेड जीवराज आश्रित प्रति भावपुर्ण श्रद्धा सुमन अर्पण गर्दछु ।

निरंकुशता, अत्याचार र स्वेच्छाचरिताको विरुद्धमा सांसद पद त के, आवश्यकता पर्यो भने, जीवनको वलिदान दिन पनि तयार हुनु पर्छ, मदनकुमार भण्डारी

आजको दिन २०५० जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनका बैचारिक नक्षेत्र मदनकुमार भण्डारी  र संगठनिक पद्धतिका लौहा पुरुष जीवराज आश्रित को भौतिक शारीर समाप्त भएको दिन हो । त्यो नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै भुल्न तथा बिर्सन नसकिने अकल्पनीय, असोचनिय  र कम्युनिष्ट आन्दोलनमा कालो बादल मडारिएको दुखको दिन हो ।

त्यो घटनापछि पार्टीको महासचिव कमरेड माधवकुमार नेपाललाई जिम्मेवारी दियो र वहाँको नेतृत्वले २०५१ सालमा सांसदमा ठुलो दलको रुपमा स्थापित गर्न सफल भई कमरेड मनमोहन अधिकारी प्रधानमन्त्री बन्नु भयो । ९ महिना सरकारको नेतृत्वमा विकास निर्माण को क्षेत्रमा आफ्नो गाउँ आफै बनाऔं, नौ  स को अभियान शुरु भयो र सामाजिक उत्तरदायित्वको सवालमा रु. १००. बाट वृद्ध भत्ता शुरु भएको हो ।

त्यस पछि दस वर्ष माओवादी जनयुद्ध देशले सामना गर्नु प¥यो र त्यस अवधिमा एमालेको संगठन र कार्यकर्तालाई संरक्षणमा नेपाल नेतृत्वको टीम सफल रह्यो र माओवादी विद्रोहलाई शान्तिवार्तामा ल्याउन पनि त्यस समयका एमाले नेतृत्व सफल भएको थियो । यसै वीचमा २०५४ मा एमाले विभाजन भयो र २०५८ मा पुन एकता भएको तितो अनुभव रहेको छ ।

२०६५ साल पछि कमरेड झलनाथ खनालको नेतृत्व २०७१ सम्म, २०७१ साल देखि अहिले सम्म कमरेड कमरेड  केपी शर्मा ओलीको नेतृत्वमा एमाले पार्टी नेपाली क्रान्तिको  जवज कार्यक्रम जुन कमरेड मदनकुमार भण्डारीले प्रतिपादन गरेको आधारमा नै रहेको छ । यसरी आजको परिवेश सम्म एमाले पार्टीले कमरेड मदनकुमार भण्डारी र कमरेड जीवराज आश्रित विना २७ वर्ष पूरा भएको छ ।

अहिले देशमा निरंकुश राजतन्त्र अन्त्य भएको छ, कमरेड भण्डारीद्वारा २०४९ मा राजतन्त्रलाई ठाडो खुल्ला आमसभामा ललकार्नु भएको थियो । अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको छ । समाजवाद उन्मुख संविधान नेपाली जनताले प्राप्त गरेको  छ ।

कमरेड भण्डारी र कमरेड आश्रितले स्थापित गर्नु विधि, पद्धति, विधान, प्रणाली, स्थापित मान्यता, सिद्धान्त र नीति लाई एमाले पार्टीमा स्थापित गर्न पार्टी भित्र ठुलो अन्तर संघर्षको चरम विन्दुमा उभिएको छ ।

मदन–आश्रितको स्मृति दिवस यस अवसरमा एमाले भित्र नेतृत्वमा दम्भ, अहंकार, घमण्ड, स्वेच्छाचारी, निरंकुशता, अन्याय, अत्याचार जस्ता कम्युनिष्ट विरोधी आचारण, कार्यशैलीको  सदाका लागि अन्त्य हुनेछ र विधि, पद्धति, सिद्धान्त, विधान, प्रणाली, नीति, स्थापित मान्यताको विजयीभई स्थापित हुने छ भन्ने, विश्वास लिदैं कमरेड मदनकुमार भण्डारी र कमरेड जीवराज आश्रित प्रति भावपुर्ण श्रदा सुमन अर्पण गर्दछु ।