फोनिजको २३ औं स्थापना दिवसमा १ महिला सहित ११ जनाद्वारा रक्तदान

फोनिजको २३ औं स्थापना दिवसमा १ महिला सहित ११ जनाद्वारा रक्तदान

वीरगन्ज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा फोनिज पर्साले रक्तदानको आयोजना गरेको छ । रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको थियो ।

उहाँले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व.सत्यनारायण बहादुर श्रेष्ठको तस्वीरमा माल्यार्पण गरेपछि रक्तदान गर्नेहरुलाई रगत जम्मा गर्ने ब्याग वितरण गरेर कार्यक्रमको उदघाटन गर्नुभएको हो । रक्तसञ्चार केन्द्र वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित ११ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा सञ्जु आले मगर, अजित कुमार भूजेल, सुजित कुमार भूजेल, मूनेश कुमार लायो मगर, दिपेन्द्र चौधरी, सञ्जय दास थारु, शम्भु महतो थारु, राम मण्डल, स्वागतम चौधरी, मनिषराज चौधरी, कुमार कार्की लगायतले रक्तदान गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष अजित कुमार भूजेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि राजेशमान सिंह, विशिष्ट अतिथि बीपीसी कलेजका कार्यकारी अध्यक्ष प्राध्यापक डाक्टर दिपक शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इन्चार्ज नीरज पिठाकोटे मगर,

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, फोनिज पर्साका संस्थापक उपाध्यक्ष जगत राई, सामाजिक अभियन्ता प्रकाश थारु, सामुदायिक सेवा केन्द्र छप्कैयाका अध्यक्ष ज्ञासुद्दिन ठकुराई, रेडक्रस सोसाईटीका राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन फोनिज पर्साका सचिव राम मण्डलले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा केन्द्रकी प्राविधिक डिल्लीमाया घिमिरे र सौफ अन्सारीले प्राविधिक सहयोग गर्नुभएको थियो ।