प्रेस चौतारी नेपाल पर्सामा श्याम बञ्जाराको नेतृत्वमा नयाँ समिति गठन 

प्रेस चौतारी नेपाल पर्सामा श्याम बञ्जाराको नेतृत्वमा नयाँ समिति गठन 

वीरगन्ज, १७ पुस । नेकपा एमाले निकट भा्रतृ संगठन प्रेस चौतारी नेपाल पर्साको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार होटल कुमु प्यालेसमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनले पुनः श्याम बञ्जाराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्य समितिको अध्यक्षमा श्याम बन्जारा, उपाध्यक्षमा विजय भण्डारी, कविता खड्का,  सचिवमा राजेन्द्र सिंह नेपाली, सह सचिवमा सदाव हुसेन, संतोष पटेल र कोषाध्यक्षमा राकेश साह सहित २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अध्यक्ष श्याम बञ्जाराकै अध्यक्षतामा भएको उदघाटन समारोहको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश २ सहइन्चार्ज ज्वाला साह, केन्द्रीय सदस्य निर्मला देवकोटा, पर्सा इन्चार्ज एवं अध्यक्ष प्रभु हजरा, सह–इन्चार्जद्वय राजकुमार गुप्ता, अरविन्द सिंह,

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रेस काउन्सिल नेपालका सदस्य एवं प्रेस चौतारी नेपालका उपाध्यक्ष लालबाबु शेष, प्रेस चौतारीका पूर्व उपाध्यक्ष महेश दास, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रेस चौतारीका सञ्जिव मिश्रले गर्नुभएको थियो । कार्यक्रममा पर्साका अग्रज पत्रकारहरु लालबाबु शेष, केसी  लामिछाने, महेश दास, शत्रुधन नेपाललाई सम्मान गरिएको थियो ।

त्यस्तै वीरगंजबाट महिला सञ्चारकर्मीहरूको सहभागितामा साप्ताहिक रंगिन पत्रिका सहित श्रमजीवी पत्रकारहरुको पेशागत सीप अभिवृद्धि तथा समग्र विकासमा व्यवसायिक पत्रकारितामा लागि योगदान पुर्‍याएकोमा मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्कालाई पनि सम्मान गरिएको थियो ।