पर्सामा ७० प्रतिशत भन्दा बढी संक्रमित

पर्सामा दोश्रो लहरको कोरोना भाईरस संक्रमण ७० प्रतिशत भन्दा बढीमा देखिएको छ । हरेक दिन गरिने परीक्षणमा संक्रमणको दर बढ्दै गएको हो । वीरगन्जमा आईतबार राति मात्रै १४० जनाको पीसीआर परीक्षण गर्दा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो परीक्षणको ७०.७१ प्रतिशत हो ।

पर्सामा ७० प्रतिशत भन्दा बढी संक्रमित

वीरगन्ज, १३ बैशाख । पर्सामा दोश्रो लहरको कोरोना भाईरस संक्रमण ७० प्रतिशत भन्दा बढीमा देखिएको छ । हरेक दिन गरिने परीक्षणमा संक्रमणको दर बढ्दै गएको हो । वीरगन्जमा आईतबार राति मात्रै १४० जनाको पीसीआर परीक्षण गर्दा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो परीक्षणको ७०.७१ प्रतिशत हो ।

नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासका अनुसार थपिएका ९९ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ८६ जना छन् । ती मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ८० जना रहेको डाक्टर दासले जानकारी दिनुभयो । पर्सा जिल्लाकै विन्दवासीनी गाँउपालिकाका ३ जना तथा बहुदरमाइ नगरपालिका, पोखरीया नगरपालिका र छिपहरमाइ गाँउपालिकाका १÷१ जनामा पनि संक्रमण भेटिएको हो ।

यस्तै बारा जिल्लाका १० जना, रौतहट जिल्लाका २ जना र सर्लाही जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिनुभयो । यसअघि अस्ति शनिवार बेलुकी पनि वीरगन्जको नारायाणी अस्पतालमै १४० जनाको परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा चैत २७ गते देखि यता ९ सय २२ जना नयाँ संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि गएराति सम्म १ हजार ७ सय ५८ जनाको परिक्षण गर्दा  ९ सय २२ जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिनुभयो । वीरगन्जमा अहिले नारायणी अस्पतालमा ३१ जना, बयोधा अस्पतालमा १० जना र गण्डक अस्पतालमा ५ जना संक्रमित उपचाररत छन् ।

६ सय ४४ जना संक्रमित आ आफनो घरकै होम आइशोलेसनमा छन् । कोरोना संक्रमणको दोश्रो लहर शुरु भए यता वीरगन्जका अस्पतालमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ । ती मध्ये पर्साका ८, बाराका २ र सर्लाहीका १ जना हुन्  । 


एण्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि 

वीरगन्जको शंकराचार्य प्रवेशद्धारमा स्थापना गरिएको हेल्थ डेस्कमा भारताबट आउनेहरुको  स्वास्थ्य चेकजाँच गर्दा अहिले सम्म ७३ जनामा कोरोना संक्रमण भेटिएको छ । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा चैत २३ गते देखि हिजो दिउसो सम्म भारतबाट आउनेहरुको एन्टिजेन परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण भेटिएको हो ।

आईतबार दिउँसो सम्म १०५० जनाको  एन्टिजेन प्राविधीबाट चेकजाच गर्दा ती मध्ये ७३ जनामा कोरोना संक्रमण भेटिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह हवारीले जानकारी दिनुभयो । संक्रमण  भेटिएका ७३ मध्ये ११ जना नेपाली र ६२ जना भारतीय रहेको हवारीले बताउनुभयो ।

नेपाली संक्रमितहरुलाइ उनिहरुको सम्बन्धित पालिकासंग समन्वय गरि पठाइएको हवारीले जानकारी दिनुभयो । भारतीय संक्रमितहरुलाइ भने रक्सौल स्थित भारतीय प्रहरीसंग समन्वय गरि एम्बुलेन्समा राखेर  भारत तर्फ नै फर्काइएको हवारीले बताउनुभयो ।