प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय
वीरगन्ज, १९ साउन । मन्त्री परिषदको बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाका ज्योतिषले मंसिर ४ गते निर्वाचनको उपयुक्त मिति रहेको सल्लाह दिएको विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक भएको थियो ।
मन्त्री परिषदले पनि मंसिर ४ गते नै निर्वाचनको मिति घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले निर्वाचन नगराउने मनसायले मिति घोषणा नगरेको टिप्पणी गर्दै आएका छन् ।
।