पाम आयल लोड गरेको दुईवटा पिकअप सहित चारजना नियन्त्रणमा 

पाम आयल लोड गरेको दुईवटा पिकअप सहित चारजना नियन्त्रणमा 

वीरगन्ज, १३ असार । जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको ठूलो मात्राको पाम आयल र किराना सामान लोड गरिएको दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।

असार १२ गते आईतबार बिहान खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुईवटा गाडीमा लोड गरिएको किराना सामान र पाम आयल सहित चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१५ बस्ने वर्ष २६ को मैरुदिन अंसारी, सोही ठाउँ बस्ने वर्ष २० का खैरुदिन अंसारी, कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराही टोल बस्ने वर्ष २१ को मुन्ना अंसारी र परवानीपुर गाउँपालिका वडा नं.१ बस्ने वर्ष २२ को संजय महतो रहेका छन् ।

उनीहरुले भारतबाट पिकअप गाडीमा किराना सामग्रीले छोपेर खाली ट्याङ्की भित्र राखी लुकाई छिपाई नेपाल भित्राएको ८० वटा ग्यालेनमा रहेको १२०० लिटर पाम आयल तेल र ओसार पसार गर्न प्रयोग गरेको २ वटा पिकअप गाडी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ना ३ च ५२३२ नम्बरको पिकअप गाडी, ना ५ च ६१६ नम्बरको पिकअपमा १२ सय लिटर पाम आयल ८० जार  लाख ८० हजार मूल्य बराबरको, किराना सामग्री ४२ हजार मूल्य र दुईवटा गाडीको १०/१० लाख मूल्य गरी

जम्मा रकम  २३ लाख २२ हजार मुल्यांकन गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।